फागुन ६ –नवनियुक्त प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वार्ता आइतबार पनि टुङगोमा पुग्न सकेन ।भक्तपुरमा माओवादी नेता तथा व्यापारी दुर्गा प्रसाईको घरमा विहानको खानासहित चार घण्टा लामो भएको छलफलमा दुई पार्टी एकता र कार्यदिशा तथा माओवादी केन्द्रको सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ । छलफलका क्रममा प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सरकारमा सहभागी मन्त्रीहरुको नाम पठाउन आग्रह गरे पनि प्रचण्डले पार्टी एकतापछि मात्रै सरकारमा सहभागी मन्त्रीको नाम पठाउने बताउनुभएको जनाइएको छ । दुई नेताबीच भएको आइतबारको छलफलमा पार्टी एकता र सरकारमा सहभागीताको बारेमा लामो छलफल भएपनि सहमति भने जुटन नसकेको एमाले माओवादी नेताले बताएका छन । शनिबार दुई नेताबीच भएको छलफलमा आइतबार यी विषयमा छलफल गरेर टुंगो लगाउने सहमति भएको थियो । आइतबारको छलफलमा निष्कर्ष निकाल्न नसकेपनि छलफल सकारात्मक रहेको दुवै नेताले बताएका छन ।