भाद्र १२ – पूर्व मन्त्री गोरेबहादुर
खपाङ्गीको निधन भएको छ । उपचारको क्रममा
काठमाण्डौ बाँसबारीको न्युरो अस्पतालमा ७०
वर्षको उमेरमा उहाँको निधन भएको गोरेबहादुर
खपाङ्गी फाउण्डेशनका अध्यक्ष हुमबहादुर थापा
(पचभैया)ले जानकारी दिनुभयो ।
शनिबार दिउँसो ४ बजे पिसाब बन्द भई ज्यान
सुन्निएपछि उहाँलाई अस्पताल लगिएको थियो ।
अस्पतालबाट सामान्य उपचार पछि खपाङ्गीलाई
उहाँको निवास ललितपुर नख्खुदोबाटो लगिएको
थियो ।
फाउण्डेशनका अध्यक्ष थापाका अनुसार घरमा
ल्याएपछि समस्या भएपछि फेरि न्युरो अस्पताल
लगिएको थियो । उपचारकै क्रममा उहाँको शनिबार
बेलुकी १० बजेर २२ मिनेट मा अस्पतालमै निधन
भएको हो । २०५९ साल भदौ २२ गते तत्कालिन
राजा ज्ञानेन्द्र शाहको पालामा खपाङ्गी ८
महिनासम्म महिला तथा बालबालिका मन्त्री
बन्नुभएको थियो ।
२०७० साल बैशाख १२ गते काठमाडौं राष्ट्रिय
सभागृहमा
महोत्सवमा सहभागी हुन जाने क्रममा
खपाङ्गीलाई प्रदर्शनी मार्गमा मोटरसाईकलले
ठक्कर दिएको थियो । दुर्घटना लगत्तै अर्धचेत
हुनुभएका पूर्व मन्त्री खपाङ्गीको अन्नपूर्ण न्युरो
अस्पतालमा पहिलो शल्यकृया गराईएको थियो ।
शल्यकृयापछि पनि स्वास्थ्यमा कुनै सुधार
नआएपछि उहाँलाई सिंगापुर लगेर थप उपचार
गरिएको थियो । दुर्घटना पछि नै उहाँ बोल्न र
चल्ल समेत नसक्ने हुनुभएको थियो ।
वि.सं. २००३ साल साउन २५ गते थाक्ले
उदयपुरमा बाबु अमृतबहादुर र आमा पद्ममायाको
कोखबाट जन्मिनुभएका गोरेबहादुर नेपाल मगर
संघको सँस्थापक हुनुहुन्थ्यो । २०४८ सालदेखि
निरन्तर ४ कार्यकाल मगर संघको अध्यक्ष
बन्नुभएका खपाङ्गी मन्त्री छँदा राजाको हातबाट
टिका लगाएको भन्दै सर्बत्र आलोचित हुनुभएको
थियो । नेकपा मालेबाट राजनीतिमा प्रवेश
गर्नुभएका खपाङ्गी पार्टी परित्याग गरि
राष्ट्रिय जनमुतिm पार्टीका सँस्थापक
महासचिब हँुदै हाल लिवरल डोमेक्रयाटिक पार्टीको
अध्यक्ष हुनुहुन्थ्यो ।
राजनीति शास्त्रमा एमए उर्तिण खपाङ्गी २०४२
सालमा राष्ट्रिय शिक्षक संगठनको सस्थापक
सदस्य हुनुहुन्थ्यो । प्रखरवक्ताको रुपमा
परिचित खपाङ्गी पञ्चायतकालमा १४ महिना जेल
पर्नुभएको थियो । उहाँको आइतबार पशुपति
आर्यघाटमा अन्त्येष्टी गर्ने तयारी छ ।