मगर चलचित्र कर्म (भाग्य) पाल्पा बाट पर्दसन आरम्भ गर्दै

Worldlinknepal
1 minute read
0
छवि राना मगर , पोखरा , भदौ ३१ मण्डली फिल्मसको प्रस्तुति मगर चलचित्र कर्म (भाग्य) को यहि असोज १५ गते पाल्पाबाट प्रदर्शनिको लागि तयारी हुदैँ गरेको कुरा लेखक, निर्माता तथा निर्देशक मिनुज राना मगरले जानकारी दिनुभएको छ । यो चल्चित्र को पूरा छायअकन पाल्पामा पहिलो चोटि भयेको हो । यश भन्दा अगाडी मगर चल्चित्र ङौ आर्मित्मा ( मेरो सम्झना) पाल्पा र स्यान्जाको भुभाग समेतेर खिचियेको थियो ।मनोरम र सुन्दर प्राकृतिक दृश्यले येस चल्चित्रमा सम्मबेस गरियेको छ । मिनुज राना मगर र मिना सारु मगरको निर्माणमा बनेको यश मगर चलचित्र मा मिनुज रानामगर, नन्द पचभैया, भुपेन्द्र रिखाम मगर, सरिता आलेमगर, ज्ञान सलामी मगर, महेन्द्र सलामी मगर, श्याम राना मगर, टिका आले मगर, सिमा सलामी मगर, रमेश सारु मगर, देवी आले मगर, आरुसी थापा मगर, कला थापा मगर, बविता सारु मगर, गोमा थापा मगर, टिका कनौजे मगर, हुमा कनौजे मगर हेमु मिधुन मगर लगायतका कलाकारले अभिनय गरेका छन् । दुर्गा ढेँगा मगरको पटकथामा रहेको कर्म (भाग्य) ले मगर समुदायको संस्कृति र प्रचिन जीवन शैली लाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ | चल्चित्रको छायांकन सन्तोस बस्यालले गरेका हुन भने सम्पादन नवीन बिरही मगर्ले गरेक हुन ।पाल्पा पश्चात् अन्य ठाउँ मा पनि पर्दसन गरिने निर्मान पछेले जान्कारी गरायेको छ ।

प्रोमो हेर्न यहाँ क्लिल गर्नुस
Karmaa TSR

Post a Comment

0Comments

Post a Comment (0)