सन्दिपले लिए फेरी ३ विकेट दिल्लीको जित मुम्बई पनि प्ले अफ बाट बाहिरियो

Worldlinknepal
 जेठ ६  । नेपाली योङ्ग स्टार सन्दिप लामिछानेले तीन विकेट लिएको खेलमा मुम्बई इण्डियन्सलाई ११ रनले हराउँदै दिल्ली डेयरडेभिल्सले आईपीएलको सुखद अन्त्य गरेको छ । सुरूवाति सबै खेलमा मौका नपाएका सन्दिपले ३ खेल खेल्दा  तिनै खेलमा उत्कृष्ट खेल्दै वर्ल्ड क्लास प्लेयर को रूपमा अाफुलाई प्रस्तुत गरेका छन । nepali%2Btv%2B%2Bbanner

सन्दिपले खेलेका ३ मध्येे २ खेलमा दिल्ली बिजय भएको भने  हारेको गेममा पनि सन्दिपले उत्कृष्ट खेल्दै भारतिय करौडौ क्रिकेट फ्यानको मन जितेका थिए । 
यो हारसँगै मुम्बई प्ले अफमा पुग्न असफल रहृयो । nepali%2Btv%2B%2Bbanner

दिल्लीले दिएको १७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल खेल्नु अघि सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो । मुम्बईलाई सस्तैमा समेट्ने क्रममा सन्दिपसँगै अमित मिश्राले समान ३-३ विकेट लिएका थिए ।
दिल्ली डेयर डेभिल्सबाट ४ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएर ३ विकेट लिए ।nepali%2Btv%2B%2Bbanner

१७५ रनको लक्ष्य पछ्याएको मुम्बईविरुद्ध पहिलो ओभरमा नै बलिङ गर्न आएका उनले सूर्यकुमार यादवलाई आउट गरेका थिए ।
१० औं ओभरमा आफ्नो व्यक्तिगत दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमा किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरेका हुन् । त्यसपछिका ओभरमा भने उनले विकेट लिन सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो ।nepali%2Btv%2B%2Bbanner