प्रमपत्नी सिता किन मोदि संग देखिये कारण येस्तो छ

Worldlinknepal
1 minute read
0

३१ भदौ– चारदिने भारत भ्रमणका
क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
लाई शुक्रबार भारतीय राष्ट्रपति भवनमा गार्ड अफ
रनर दिइएको छ । गार्ड अफ रनर ग्रहण गर्न पुगेका
प्रचण्डलाई भारतीय समकक्षी नरेन्द्र मोदीले
स्वागत गरेका थिए ।
के भयो स्वागत गर्दा
प्रचण्डलाई स्वागत गर्न हात अघि बढाउँदै भारतीय
प्रधानमन्त्री मोदी उनी नजिकै आए । प्रचण्ड र
मोदीले हात मिलाएपछि प्रचण्डसँगै रहेकी सीतालाई
मोदीले नमस्कार गरे । नमस्कार फर्काएपछि
प्रचण्डको दाँयापट्टी रहेकी सीता भने अब के गर्ने
भन्ने अलमलमा परिन् ।
कारण यस्तो
खासमा दुबै देशका विशिष्ठ व्यक्तिको भेट हुँदा
तस्बिर लिने परम्परा विश्वव्यापी छ । मोदीले दुबै
जनालाई स्वागत गर्दा प्रचण्डको दाँया पट्टी सीता
रहेकाले तस्बिरमा प्रचण्ड छेकिने सम्भावना थियो ।
जसको महसुस गरेकी सीता सोही कारण एक्कासी
आत्तिएकी थिइन् । दुई प्रधानमन्त्री बीचको तस्बिर
लिँदा आफू त्यहाँ रहने कि नरहने वा के गर्ने भन्ने
द्धिविधा उनमा रहेको हुन सक्छ ।
मोदीले पारे सहज
सीता आत्तिएको देखेपछि मोदीले उनलाई सहज पार्दै
हातको संकेतले आफूतिर आउन आग्रह गरेका थिए ।
मोदीको संकेत पाएपछि सीता उनीतिर गइन र
क्यामेराको एंगलमा प्रचण्ड छेकिएनन् । त्यसपछि
दुई देशका प्रधानमन्त्रीले पुनः हात मिलाए र तस्बिर
खिचाए । जहाँ सीता भने मोदीतिर देखिइन् ।
सामाजिक संजालमा भाइरल
अहिले सीता मोदीको साइडमा रहेको तस्बिर
सामाजिक संजालमा भाइरल बनेको छ । यसलाई
विभिन्न दृष्टिकोणबाट टिका–टीप्पणी समेत गरिएको
छ । कतिपयले मोदीसँग तस्बिर लिने धुनमा सीता
त्यसतर्फ गएको भनेका छन् त कतिले हाँसि मजाक
गरेका छन् । खासमा यदी उनी पहिल्यैदेखि
प्रचण्डको बाँयापट्टी भएर आएकी हुन्थिन भने त्यो
अवस्थाको सामना गर्नुपर्ने थिएन ।
तर, आफू उभिएको साइड नै तस्बिरको एंगल भएको र
आफ्ना कारण प्रचण्ड क्यामेराको फ्रेममा नआउने
चाल पाएपछि द्धिविधामा परेकी सीताको
असहजतालाई बुझेर मोदीले अर्कोपट्टी बोलाएको
अनुमान लगाउन सकिन्छ ।

Post a Comment

0Comments

Post a Comment (0)