अामा भन्ने शब्द उचारण गर्न पाउँदा संसारकै सबै भन्दा बढी खुसी मिल्छ ।
यस्तै एक आमा रहेकी छिन् जस्ले एक जन्म मात्र नभई दुई जन्म दिएकी छिन् । आफ्नो सन्तानको जन्म पछि बुढेस्कालको साहारा मानिरहेकी सुनसरी चक्रघटी बाड़गे निवासी खेती माया मगर जस्ले छोरा बसन्त राना मगरलाई आफ्नो एक मृगौला दिएर फेरी नयॉं जन्म दिएकी छिन् ।
बिगत केही महिना अघिबाट दुबै मृगौला फेल भई साउदी अरबबाट नेपाल फर्कीएका बसन्त राना मगर भक्त्तपुर अवस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराईरहेका थिए । डाक्टरको रिपोट अनुसार दुबै मृगौलाले पुरै काम नगरेको र ट्रास्सपाल्न् गर्नु बाहेक अन्य बिकल्प नहुँदा जीवन मरण संग लडिरहेका थिए ।
पिडित मगरको आर्थिक अवस्था एकदमै नाजुक रहेको जानकारी मगर लाफा ग्रुपलाई आएको र मानबताको हैसियतले सहयोग अपिल गरिदिनु अनुरोध गरे पछि मगर लाफा ग्रुपले समाजिक संजालमा आर्थिक सहयोगको अपिल गरिएको थियो । उक्त्त अपिलबाट प्रभाबित भैई बिश्व भरि बिभिन्न देशमा रहेका नेपाली दाजु भाई तथा दिदि बहिनिहरुले आर्थिक सहयोग गर्नुभएको थियो ।
सो आर्थिक सहयोग पछि मृगौला आफ्नै जन्म दिने आमाले दिने भएपछि अपरेसन अगाडि बढेको थियो ।डक्टरको निरन्तर लामो प्रयास पछि गत जेष्ठ ३ गते सॉंझ ०५:०० बजे अपरेसन सफल भई हाल आमा छोरा संगै अस्पतालको बेडमा आराम गरिरहेका छन् । हाल दुबै जानाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
छोरालाई मृत्युको मुखबाट बाचाएका महान ती जन्म दिने आमा जस्ले आफ्नो अंग चुडाएर फेरी नयॉं जीवन दिएका छन् । आमाको उच्च सम्मान सहित स्वास्थ्य लाभाको कामना गर्दै जति पनि आर्थिक भौतिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी दाताहरुलाई पडित परिवार र मगर लाफा ग्रुप ले आभार प्रकट गरेको छ ।