नेपाल आइडल : आयोजकको खरो चेतावनी

Worldlinknepal
 २०७४ भाद्र १५ बिहीवार – 
पछिल्लो समय नेपाली टेलिभजन रियालिटी शो ‘नेपाल आइडल’ निकै नै लोकप्रिय हुँदै गएको छ । अन्तराष्ट्रिय स्तरको पहिलो टेलिभिजन रियालिटी शो भएकोले पनि यसको लोकप्रियता बढेको हो । स्टेजदेखि वाद्यवादकको समूहबाट दर्शक प्रभावित छन् ।  त्यस्तै प्रतियोगीहरुको प्रस्तुतिले पनि दर्शकहरुलाई  लोभ्याएको छ । छोटो समयमा नै यसको लोकप्रियता बढ्दै गएको छ । 

अहिले प्रतियोगितामा चार प्रतिष्पर्धी बाँकी रहेका छन् । नेपाल आइडलको ग्रान्ड फिनाले कतारमा हुने पनि तय भइसकेको छ । तर नेपाल आइडल प्रतियोगिता भने विभिन्न कारणले विवादित बन्दै गएको छ । यो एक विशुद्ध प्रतियोगितात्मक हो । प्रतियोगीको गायन हेरेर दर्शकले दिने भोटको आधारमा नेपाल आइडल चुनिनेछ । तर केही व्यक्तिले प्रतियोगितालाई प्रभावित हुने अभिव्यक्ति दिएको भन्दै नेपाल आइडलको आयोजकले आपत्ति जनाएको छ ।  जसले राम्रो गाउँछ, त्यसैलाई दर्शकले चुन्ने प्रतियोगिता हो । तर यसमा फलानो जात र समुदायकै प्रतियोगिले जित्नु पर्छ भन्ने अभिव्यक्ति सामाजिक सञ्जालमा देखिएकोले त्यसले सम्बन्धित प्रतियोगी प्रतियोगिताबाटै बाहिरिनु पर्ने चेतावनी आयोजकले फेसबुकमाफर्त दिएको छ ।


 दर्शकहरुको भोटले नै हो नेपाल आइडल चुन्ने तर निर्णायक मण्डलले कुनै व्यक्ति विशेषलाई समर्थन गर्‍यो भनेर सामाजिक सञ्जालमा रोइलो काढ्नेहरु छन् । त्यस्तै गत हप्ता अतिथि निर्णायकका रुपमा आएका गायक रामकृष्ण ढकालले कुनै प्रतियोगीलाई मात्रै समर्थन गरेको भन्दै तिब्र आलोचना पनि भयो । ढकालले आफूले व्यक्ति विशेष भन्दा पनि आफूले राम्रो गाउनेलाई समर्थन गरेको स्पष्टिकरण दिएका थिए । आयोजकले कसैले आपत्ति जनाउँदैमा फ्रेम्यान्टल मिडिया लिमिटेड दिएको फम्र्याट भन्दा फरक किसिमले प्रतियोगिता आयोजना नहुने जनाएको छ । त्यस्तै कसैलाई पनि पूर्वाग्रह राखेर जातीय अभिव्यक्ति नदिन आयोजकले आग्रह गरेको छ ।