165 संघीय र 330 प्रादेशिक निर्वाचन क्षेत्र कुन जिल्लामा कति ?

Worldlinknepal
1 minute read


भदौ १४ – निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधबार सरकारलाई प्रतिवेदन बुझाएको छ । आयोगले संविधान अनुसार संघीय संसद अर्थात प्रतिनिधिसभाका लागि एक सय ६५ संघीय र ३ सय ३० प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गरेको हो ।


प्रतिनिधिसभाको एक क्षेत्र बराबर प्रदेशसभाको २ क्षेत्र बनाइएको छ । सबैभन्दा धेरै काठमाडौंमा प्रतिनिधिसभा लागि १० वटा निर्वाचन क्षेत्र कायम गरिएको छ । ३५  जिल्लामा एउटामात्र निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

  • १० निर्वाचन क्षेत्र : काठमाडौं ।
  • ६ निर्वाचन क्षेत्र : मोरङ ।
  • ५ निर्वाचन क्षेत्र : झापा, रुपन्देही र कैलाली ।
  • ४ निर्वाचन क्षेत्र : सुनसरी, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा ।
  • ३ निर्वाचन क्षेत्र : ललितपुर, चितवन, कास्की, कपिलवस्तु, दाङ, बाँके र कञ्चनपुर ।
  • २ निर्वाचन क्षेत्र : इलाम, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, तनहुँ, स्याङ्जा, बाग्लुङ, नवलपरासी सुस्ता पूर्व, नवलपरासी सुस्ता बर्दघाट पश्चिम, पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत, दैलेख र अछाम ।
  • १ निर्वाचन क्षेत्र : ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप, दोलखा, रसुवा, लम्जुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, बैतडी र दार्चुला ।