भदौ १४ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव दुई चरणमा गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको छ ।
थाइल्याण्डको बैंककबाट उपचार गराई बुधबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ‘मंसिर १० गते एकै चरणका लागि तोकिएको संघ र प्रदेशको चुनावलाई के आधारमा मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय भयो’ भन्दै प्रश्न गर्नुभयोे ।
मंसिर ४ गते नै गर्ने भनेको चुनाव तयारी नपुग्ने भएपछि मंसिर १० गतेका लागि सारिएको भएपनि अहिले फेरि सरकारले दुई चरणमा चुनाव गर्ने निर्णय गर्नुको कुनै तुक नभएको उहाँले बताउनुभयो ।
ओलीले जनकपुरमा मंगलबार एमाले नेता माधव नेपालमाथि राष्ट्रिय जनता पार्टी राजपाका कार्यकर्ताले आक्रमण गरेकोमा आपत्ति जनाउनुभयो । उहाँले राजपाले गरिरहेको हिंसात्मक व्यवहारबारे सरकार र निर्वाचन आयोग दुवै चुप लाग्नु अनौठो भएको बताउनुभयो ।