मनाङ मर्स्याङ्डी क्लबले फेरि अर्को उपाधी उचाल्यो

Worldlinknepal
0

माघ २४ – झापा ११ लाई हराएर दोश्रो
झापा गोल्डकप फुटवलको उपाधी मनाङ
मर्स्याङ्दी क्लबले जितेको छ । विर्तामोडको
डोमालाल रंगशालामा मनाङलाई जिताउन ६३ औं
मिनेटमा ओलावालेले गोल गरे ।
योसँगै मनाङले सिजनमा तेस्रो उपाधी जितेको हो
। यसअघि उसले धनगढीमा भएको खप्तड
गोल्डकप र पोखरामा भएको आहारारा गोल्डकप
जितेको थियो । जितसँगै मनाङले ७ लाख रुपैयाँ र
आयोजक झापा ११ ले ५ लाख रुपैयाँ पाएको छ ।
पहिलो संस्करणमा झापा नेपाल आर्मीसँग
फाइनलमै पराजित भएको थियो ।

Post a Comment

0Comments

Post a Comment (0)