ट्रम्पलाई अर्को झड्का

Worldlinknepal
1 minute read
0


माघ २४ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई
अदालतले अर्को झड्का दिएको छ । ट्रम्प
प्रशासनले सात मुस्लिम बाहुल्य देशका
नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने
सम्बन्धी
कार्यकारी आदेश तत्कालका लागि निलम्बित
गर्ने अदालतको फैसला विरुद्ध दर्ता गरेको अपिल
संघीय पुनरावेदन अदालतले खारेज गरेको छ ।
राष्ट्रपति ट्रम्पको तर्फबाट न्याय मन्त्रालयले
अमेरिकाको सुरक्षाका लागि सात मुस्लिम बाहुल्य
देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको भन्दै
यो आदेश तत्कालका लागि निलम्बित गर्ने
सिएटल अदालतको फैसला खारेज गर्न माग गर्दै
अपिल गरेको थियो ।
तर संघीय पुनरावेदन अदालतले अपिल नै खारेज
गरेको छ । यसको अर्थ राष्ट्रपटि ट्रम्पको
आदेश तत्कालका लागि निलम्बित गर्ने सिएटल
अदालतको फैसला कायम रहने भएको छ । यो
विषयको पूर्ण सुनुवाई नभएसम्म सिएटल संघीय
अदालतको फैसला कायम रहने छ ।
वासिङ्टन राज्यको सिएटलमा रहेको संघीय
अदालतका न्यायाधीश जेम्स रोबर्टले शुक्रबार
अबेर ट्रम्पको आदेश तत्कालका लागि निलम्बित
गर्ने फैसला गर्नु भएको थियो । सिएटलका
न्यायाधीशले राष्ट्रपतिको आदेश निलम्बित
गरेपछि विभिन्न ठाउँमा रोकिएका मानिस अमेरिका
प्रवेश गर्न थालेका छन् । विदेश मन्त्रालयले
राष्ट्रपतिको निर्देशनपछि रद्द गरेका ६० हजार
भन्दा धेरै भिसा फेरि जारी गर्न थालेको छ ।

Post a Comment

0Comments

Post a Comment (0)