चलचित्र लुट–२ मा टुट् लाग्ने सम्भावना

Worldlinknepal
0 minute read
0

माघ २३ – निश्चल बस्नेतको निर्देशन
रहेको सिनेमा ‘लुट–२’ आइतबार सेन्सरमा जाँदैछ
। सिनेमामा भएका केही शब्दहरुलाई सेन्सरबोर्डले
टुट् अर्थात विफ लगाउने सम्भावना बढी
देखिएको छ ।
लुटमा पनि सेन्सरले केही शब्दहरुमा टुट्को
प्रयोग गरेको थियो । सेन्सरले अश्लिल र छाडा
शब्दहरुमा टुट् हालेको हो । तर सिनेमाका
सिनहरुमा कैची भने नलागेको निर्देशक बस्नेतले
जानकारी दिएका छन् । ‘लुट–२’ को ट्रेलर हेरेपछि
केही शब्दहरु अश्लिल भएको प्रतिक्रिया पनि
आएका छन् । त्यस कारण सेन्सर बोर्डले ती
शब्दहरुमा टुट् प्रयोग गर्न सक्ने सम्भावना बढी
देखिएको छ ।
सिनेमा गत विहिबार नै सेन्सरमा जाने तयारी
गरेको भएता पनि आन्तरिक कारण आइतबार
सरेको हो । यो सिनेमामा दयाहाङ राई, ऋचा
शर्मा, सौगात मल्ल, कर्मा लगायकतको मुख्य
भूमिका छ ।

Post a Comment

0Comments

Post a Comment (0)