माघ १८ – बार्सिलोनाका सबै खेलमा स्टार
स्ट्राइकर लियोनल मेस्सीको उपस्थिति क्लबका
लागि निकै महत्वपूर्ण हुन्छ । मेस्सीमा
बार्सिलोना निर्भर छ भन्दा पनि फरक पर्दैन ।
तर मेस्सीसँगको सम्झौता भने बार्सिलोनाको
प्राथमिकतामा नपरेको भन्दै समर्थकले चासो पनि
देखाएका छन् । मेस्सीले यो सिजन अहिलेसम्म २८
खेल खेलेका छन् । त्यसमध्ये २२ खेलमा उनले
गोल गरेका छन् वा गोलका लागि सहयोग गरेको
छन् । यसको अर्थ ७८.५७ प्रतिशत खेलमा
भएका गोलमा मेस्सीको संलग्नता छ ।
मेस्सी एथ्लेटिको मड्रिड, एलाभेस, एथ्लेटिको
बिल्बाओ, ग्रनाडा र रियल मड्रिडसँगको खेलमा
मात्रै गोलमा संलग्न भएका छैनन् । ला लिगामा
उनले अहिलेसम्म १५ गोल गरेका छन् । उनी भन्दा
लुइस स्वारेज मात्रै अघि छन् । च्याम्पियन्स
लिगमा उनले अहिलेसम्म पाँच खेल खेलका छन् ।
चोटका कारण मोनचेङग्लाड्बाचसँगको खेल
गुमाएका मेस्सीले खेलेका सबै पाँच खेलमा गोल
गरेका छन् । कोपा डेल रेमा पनि उनले गोल गरेका
छन् । उनको बार्सिलोनासँगको सम्झौता सन्
२०१८ को जुनमा सकिने भएपनि नयाँ सम्झौता भने
हुन सकेको छैन ।
यो सिजन सबै प्रतियोगितामा अहिलेसम्म खेलका
२८ खेलमा २९ गोल र १२ गोलका लागि सहयोग
गरेका मेस्सीसँगको सम्झौता कहिले हुन्छ भन्ने
चासोको विषय बनेको छ ।
आधनिक फुटबल र मेस्सी बिनाको बार्सा
January 31, 2017
0
