अमेरिकामा बारूलाको गो लामा हात हाल्नेको जागिर चट

Worldlinknepal
1 minute read
0

माघ १८ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले
आफ्नो निर्देशनको विरोध गर्ने अन्तरिम
महान्यायाधीवक्तालाई बर्खास्त गर्नुभएको छ ।
अमेरिकाकी अन्तरिम महान्यायाधीवक्ता साली
यट्सले न्याय विभाग अन्तर्गतका सबै वकिललाई
आप्रवासी सम्बन्धी राष्ट्रपति ट्रम्पको
दिर्नेशनको पक्षमा नलाग्न निर्देशन दिनुभएको
थियो । अन्तरिम महान्यायाधीवक्ता साली
यट्सले राष्ट्रपति ट्रम्पको निर्देशन संवैधानिक
रहेकोमा आफू सहमत हुन नसकेको बताउनुभएको
हो ।
त्यसलगतै राष्ट्रपति ट्रम्पले उहाँलाई बर्खास्त
गर्नुभएको हो । राष्ट्रपति कार्यालय ह्वाइट
हाउसले जारी गरेको वक्तव्यमा यट्सले न्याय
विभागलाई धोका दिएकाले उहाँलाई बर्खास्त
गरिएको उल्लेख गरिएको छ । उहाँको ठाउँमा
भिर्जिनिया राज्यको पूर्वी जिल्लाका
न्यायाधीवक्ता डेना बोएन्टेलाई नियुक्त गरिएको
ह्वाइट हाउसले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले गएको शुक्रबार इराक,
सिरिया, इरान, लिबिया, सोमालिया, सुडान र
यमनका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक
लगाउने तथा अमेरिकी शरणार्थी कार्यक्रम एक
सय २० दिनलाई बन्द गर्ने निर्देशनमा हस्ताक्षर
गर्नुभएको थियो ।
राष्ट्रपति ट्रम्पको निर्देशन कानुनसम्वत
रहेकोमा आफू सहमत हुन नसकेको यट्सले
वक्तव्यमा उल्लेख गर्नुभएको थियो । यट्सलाई
पूर्व राष्ट्रपति बाराक ओबामाले न्याय विभागमा
नियुक्त गर्नुभएको हो । राष्ट्रपति ट्रम्पले
सिनेटर जेफ सेसन्सलाई न्याय विभागको
प्रमुखका लागि छान्नु भएको छ । सिनेटले यसबारे
बिहीबार मतदान गर्नेछ । यसैबिच राष्ट्रपति
ट्रम्पले आफ्नो निर्देशनको बचाउ गर्ने क्रम
छोड्नुभएको छैन ।
राष्ट्रपति ट्रम्पले डेमोक्र्याटिक पार्टीले आफ्नो
मन्त्रिपरिषद विस्तारमा अवरोध गरिहेको र यो
पूर्ण रुपले राजनीतिक कारणले मात्रै गरिएको
आरोप लगाउनुभएको छ ।

Post a Comment

0Comments

Post a Comment (0)