सबैको भावना समेटेर संविधान कार्यान्वय हुने मोदीको विश्वास

Worldlinknepal
0 minute read
0

भदौ ३१ – भारतीय प्रधामन्त्री नरेन्द्र
मोदीले नेपालको संविधान सबै पक्षको भावना
समेटेर कार्यान्वयन हुने विश्वास व्यक्त
गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग औपचारिक
भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त
पत्रकार सम्मेलनमा मोदीले संविधानले सबै
पक्षको भावना समेट्ने विश्वास व्यक्त
गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘म विश्वस्त छु कि नेपालको
संविधानले सबै क्षेत्रको भावना समेटेर
कार्यान्वयनमा जानेछ, प्रधानमन्त्री दाहालकै
समयमै यसका लागि पर्याप्त काम हुनेछ भन्ने
विश्वास लिएको छु ।’
पत्रकार सम्मेलनमा मोदीले नेपालमा शान्ति,
स्थिरता र सम्वृद्धिमा भारत सदैव सहयोग गर्न
तयार रहेको उल्लेख गर्नुभयो ।

Post a Comment

0Comments

Post a Comment (0)