प्रधानमन्त्री दाहालले भन्नुभयो – ‘नेपाल गरिब हुनै सक्दैन’

Worldlinknepal
0

असोज १ – प्रधानमन्त्री पुष्पकमल
दाहालले शान्ति सम्झौताका प्राकृतिक साझेदारसँग
एकतासहित बनेको सरकारले नेपालमा लगानीका
वातावरण उपयुक्त बन्दै गएको बताउनुभएको छ ।
नेपालमा लगानी गरेका भारतीय उद्योगी एवम्
व्यापारी समुदायले शनिबार बिहान आयोजना
गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले
लगानीको वातावरण बन्दै गएकाले विदेशी
लगानीकर्ताको मागअनुसार नेपालमा सबै संरचना
तयार भएका छन् भन्नुभयो ।
प्रधानमन्त्री दाहालले सरकारले लगानी एवम्
राजनीतिक स्थायित्वका लागि स्पष्ट नीति
लिएको उल्लेख गर्दै सम्भावनाका नयाँ अध्याय
सुरु भएकाले विश्वस्त हुन उद्योगी व्यापारीलाई
आग्रह गर्नुभयो ।
उहाँले कृषिमा आधारित क्षेत्रमा लगानी विस्तार
गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि नेपाल
सरकारले सक्दो सहयोग गर्ने धारणा राख्नुभयो ।
‘विगतमा भएका अप्ठ्यारा सङ्लँदै गएको छ, अब
शङ्का गर्नुपर्ने कारण छैन’ प्रधानमन्त्री दाहालले
भन्नुभयो, ‘भारत र चीन जस्ता विश्वका
उदीयमान शक्ति र ठूलो अर्थतन्त्र भएका
मुलुकको बिचमा रहेको नेपाल गरीब हुनै सक्दैन,
अब समृद्धिको ढोका खुलेको छ ।’
भारतका व्यापारीले नेपालमा पछिल्लो समय
लगानीका लागि उपयुक्त समय आएको महसुस
गरेको बताउँदै त्यसलाई अझै विश्वासमा परिणत
गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Post a Comment

0Comments

Post a Comment (0)