प्रचण्ड देशकै चर्चित, प्रतिष्ठित र उच्च
ओहोदाको व्यक्ति । देश विदेशका धेरै कुरा
जानेको, पढेको र बुझेको मान्छे । सीता दाहाल
बेलामा लेखपढ गर्न नपाएकी सामान्य गृहिणी ।
देश विदेशका चालचलन, रहनसहन र औपचारिक
प्रस्तुतिको बारेमा धेरै थाहा नभएकी एकजना
महिला । प्रायः धेरै नेताका श्रीमतीजस्तै
हुनुहुन्छ, प्रचण्ड पत्नी सीता पनि ।
आफू जाने ठाउँमा श्रीमती पनि सँगै लैजाँदा कसरी
प्रस्तुत हुनुपर्छ भन्ने कुरा श्रीमान नेताले नै
सिकाउनुपर्ने हो । शायद सिकाएको हुनुपर्छ । तर
सिकाउँदा सिकाउँदा त्यस अनुसार देखिन नसक्नु
चाहिँ श्रीमतीको भन्दा बढी श्रीमान् नेताको गल्ती
हो ।
अब दिल्लीमा शुक्रबार देखिएको दृश्य । भारत
भ्रमणमा रहेका प्रधानमन्त्री पुष्ककमल दाहालले
शुक्रबार दिल्लीमा महत्वपूर्ण भेटवार्ता गर्नुभयो
। औपचारिक भेटवार्तामा सीता दाहालको
प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा
थरिथरीका टिप्पणी सार्वजनिक भएका छन् ।
सीताले देशको बेइज्जत गरिन् भन्नेदेखि केही
बेइज्जत भएको छैन नेपाली गृहिणीको सही
प्रतिनिधित्व गरिन् भन्ने सम्मका टिप्पणी आएका
छन् । तर दुवैथरी प्रतिक्रिया ठीक होइन ।
औपचारिक भेटवार्तामा प्रस्तुत हुन नजानेर
सीताले देशको बेइज्जत पनि गर्नुभएको छैन ।
अनि उहाँ सामान्य गृहिणी मात्र पनि होइन ।
उहाँले आफूलाई प्रस्तुत गर्न नजानेको पक्कै हो ।
तर यसमा दोष उहाँको होइन, अरुको छ ।
प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा कुटनीतिक
मर्यादा सिकाउने परराष्ट्रका मान्छेहरु पनि सँगै
छन् । प्रधानमन्त्रीकै सचिवालयका सदस्यहरु
पनि सँगसँगै छन् । भेटवार्तामा कसरी प्रस्तुत
हुनुपर्छ भनेर सिकाउने पहिलो काम उनीहरुकै हो ।
उनीहरुले पक्कै सिकाएको हुनुपर्छ । तर यसअघि
यस्तो औपचारिक समारोहमा सहभागी नभएको
मान्छेलाई अरुले सिकाएको कुरा मात्र पर्याप्त
नहुन सक्छ । पछि भेट हुने बेलामा पनि
सम्झाउनुपर्ने आवश्कयता पर्न सक्छ ।
यस्तोबेला अरु मान्छे होइन, आफूसँगै रहेको आफ्नै
मान्छेले सजक गराउनुपर्छ ।
शुक्रबारकै कुरा गरौं न । भारतीय प्रधानमन्त्री
नरेन्द्र मोदी नेपालका प्रधानमन्त्रीलाई स्वागत
गर्न पर्खेर बस्नुभएको थियो । कारमा प्रचण्ड र
सीता मात्र हुनुहुन्थ्यो । अब स्वागत गर्ने बेला
आउन लाग्यो यसरी गाडीबाट झर्नु, अनि यसो
यसो गर्नु भनेर अन्तिम समयमा सीतालाई
सम्झाउन सक्ने मान्छे त प्रचण्ड नै हुनुहुन्थ्यो ।
तर उहाँले सम्झाउन र सचेत गराउन सक्नुभएन ।
आफ्नो पतिले ‘बेवास्ता’ गरेपछि सीताले आफूलाई
प्रस्तुत गराउन जान्नुभएन र आलोचना खेप्नुपर्यो
।
औपचारिक भेटवार्तामा कुराकानी मात्र होइन,
‘बडि ल्याङ्वेज’को भूमिका झन् बढी महत्वपूर्ण
हुन्छ । लगाउने लुगादेखि हिँड्ने चाल, अनुहार र
शरीरको हाउभाउ तथा प्रस्तुतिले समग्र
माहोललाई प्रभाव पार्छ । शुक्रबार नयाँ
दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले
स्वागत गर्दा प्रचण्डको ‘बडि ल्याङ्वेज’ ठीक
थियो । तर सीताले मिलाउन जान्नुभएन, त्यसैले
उहाँको आलोचना भयो ।
सीता सामान्य गृहिणी मात्र हुँदै होइन । उहाँ
देशको प्रधानमन्त्री पत्नीका हैसियतमा प्रथम
महिला हुनुहुन्छ । दुईपटक सरकार प्रमुख र
धेरैपटक ठूलो पार्टीको प्रमुखको हैसियतमा
प्रचण्ड यूरोप, अमेरिका सहितका देशमा जाँदा
सीताले केही कुरा त पक्कै सिकेको हुनुपर्छ ।
विदेशी पाहुनासँग भेटवार्ता र घुमफिर गर्दा
सामान्य मर्यादाको ख्याल गर्नुपर्छ भनेको
बुझेको हुनुपर्छ । तर सीताले सिक्न सक्नुभएन या
चाहनुभएन । यसमा उहाँको कमजोरी त पक्कै छ ।
तर त्योभन्दा बढी परराष्ट्र मन्त्रालयको
शिष्टाचार महाशाखाका प्रतिनिधि, परिवार,
पार्टीको मात्र होइन श्रीमान प्रचण्डको कमजोरी
बढी छ ।
बिश्लेशक भन्छन सीताको आलोचना हुनुमा प्रचण्ड दोषी
September 17, 20162 minute read
0