रास्ट्रबादी हाम्रो नेतालाइ किन स्वदेसी हस्पिटल्को उपचार चिट्ट बुझ्दैन ?

Worldlinknepal
1 minute read
0

११ भदौ–
विशिष्ट व्यक्ति साधारण र
सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौं
खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले करिब
दुई वर्षअघि ३० लाख रुपैयाँ खर्च गरी अस्पतालको
विशिष्ट क्याबिन मर्मतसम्भार गर्योथ ।
विशिष्ट व्यक्ति पद र सरकारी कोषको दुरूपयोग
गरेर साधारण र सामान्य उपचारका लागि पनि विदेश
गएको भन्दै सर्वसाधरण र सञ्चार माध्यमले
आलोचना गरेपछि अस्पतालका विशिष्ट कक्ष मर्मत
सम्भार गरिएको थियो ।
अस्पतालले आफ्ना अति विशिष्ट क्याबिन
मर्मतसम्भार त गर्योा । तर, मर्मतसम्भार गरेपछि
एकजना पनि विशिष्ट व्यक्ति उपचारका लागि दुई
वर्षयता वीर अस्पताल पुगेका छैनन् ।
विगतमा राजपरिवारका सदस्यहरुले समेत प्रयोग
गरेका आधुनिक र उच्च प्रविधियुक्त बिलासी
क्याबिनहरू दुई वर्षदेखि बन्द छन् । दुई वर्षदेखि
प्रयोग विहीन हुँदा तिनमा माकुराको जालो धुलो
थुप्रिएको छ ।
त्यसैगरी शिक्षण अस्पतालले सरकारको अनुरोधमा
विशिष्ट व्यक्तिहरूकै उपचारका लागि भनेर डिलक्स
क्याबिन बनायो । तर कुनै पनि विशिष्ट व्यक्ति
त्यहाँ उपचार गराउन गएनन् ।
लाखौं खर्च गरेर डिलक्स क्याबिन बनाएपछि
विशिष्ट व्यक्ति स्वदेशमा स्वास्थ्य परीक्षण र
उपचार गराउँदैन । यही क्रममा निरन्तरता दिँदै
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नियमित
स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गए ।
उनलाई पछ्याउँदै अर्का विशिष्ट व्यक्ति नेपाली
कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार त्यही
निहुँमा सिंगापुर गए ।

Post a Comment

0Comments

Post a Comment (0)