भुकम्प पिडित हरुले असोज २ गते पहिलो किस्ता पाउने

Worldlinknepal
0 minute read
0

११ भदौ– भूकम्पबाट अतिप्रभावित
जिल्लाका अनुदान पाउनयोग्य लाभग्राहीले असोज
पहिलो साताभित्र रकम पाइसक्ने दाबी संघीय
मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको छ

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान रकम
उपलव्ध गराउन विशेष अभियान थालेसँगै तीव्र
गतिमा रकम उपलव्ध गराइएको मन्त्रालय
अन्तर्गतको केन्द्रीय कार्यान्वयन एकाइले जानकारी
दिएको छ ।
सिन्धुपाल्चोकमा शुक्रबार मात्रै १० हजार
भूकम्पपीडितसँग सम्झौता भएको एकाइका प्रमुख
गणेशकुमार वस्तीले जानकारी दिए ।
शुक्रबारसम्ममा अति प्रभभावित जिल्लाका करिब ७१
दशमलब ८८ प्रतिशत पीडितसँग अनुदान सम्झौता
भइसकेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कामकारबाही
छिटोछरितो गराउन क्विक रेस्पोन्स टिम तयार गरेर
जिल्ला पठाएको छ ।

स्रोत : गोरखापत्र दैनिक

Post a Comment

0Comments

Post a Comment (0)