चलचित्र सम्बन्धी अध्ययन गरेका व्यक्तिहरु कमै
मात्र नेपाली चलचित्रक्षेत्रमा क्रियाशिल छन् ।
चलचित्र सम्बन्धी अध्ययन भएका व्यक्तिहरु यस
क्षेत्रमा नहुँदा नेपाली चलचित्रक्षेत्रको विकास हुन
नसकेको गुनासो धेरै बर्षदेखी सबैले सुन्दै आएको कुरा
पनि हो । नेपालमै चलचित्र सम्बन्धी अध्ययन
गराउने कलेजहरु नहुँनुले पनि दक्ष चलचित्रकर्मीहरु
नेपाली चलचित्रक्षेत्रले पाएको छैन भन्दा फरक
पर्दैन । त्यहि क्रममा केहि बर्ष अघिदेखी
राजधानीमा सरकारी तहबाट ‘ओस्कार फिल्म कलेज’
ले चलचित्र सम्बन्धी अध्ययन गराउन सुरु गर्यो ।
अब ओस्कार कलेजसँग प्रतिस्पद्र्या गर्न
राजधानीमा नयाँ एकेडेमी खुलेको छ, जसले चलचित्र
सम्बन्धी सबै अध्ययन गराउने भएको छ । एभरेष्ट
फिल्म एकेडेमी नाम दिइएको यस कलेजले 'निर्देशन,
अभिनय, छायांकन र सम्पादन-भीएफएक्स' सम्बन्धी
अध्ययन गराउने एकेडेमीका सीइओ प्रकाश पुरीले
जानकारी दिए । यसै बिच बिहिबार एकेडेमीको
प्रागणमा आयोजित एक कार्यक्रमका बिच सुचना
तथा सञ्चारमन्त्री शेरधन राईले एभरेष्ट फिल्म
एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरेका छन् ।
एकेडेमीको डिरेक्टरमा निर्देशक उज्ज्वल घिमिरे,
विश्व बस्नेत ‘फ्याकल्टी डिरेक्टर’, ज्योत्सल
राजभण्डारी प्रशासनिय निर्देशक र विशाल श्रेष्ठ
मार्केटिङ निर्देशकको रुपमा रहेका छन ।
एकेडेमीमा लक्ष्मीनाम शर्मा र उज्ज्वल घिमिरेले
निर्देशन सिकाउने छन् भने विश्व बस्नेत, गौरी मल्ल,
गंगाप्रसाद तिवारी, रेनशा राई, चन्द्र पन्त, टंक
चौलागाईले विद्यार्थीहरुलाई अभिनयको विषयमा
अध्ययन गराउने छन् । त्यस्तै प्रेम उपाध्याय र
विश्नु कल्पीतले छायांकनतर्फको अध्ययन गराउने
छन् भने रजनी पन्त, दशरथ गिरीले दृश्य सम्पादन र
भीएफएक्सको विषयमा अध्यापन गराउने बताइएको
छ । उक्त एकेडेमीको सल्लाहाकारमा भने गेहेन्द्र
धिमाल, छविराज ओझा, मिथिला शर्मा, दीपिकराज
गिरी र बाबुराम ढकाल रहेका छन् । कार्यक्रममा
बोल्दै एकेडेमीका सिइओ प्रकाश पुरीले असार
अन्तिम हप्ताबाट विद्यार्थीहरुलाई चलचित्रको
विषयमा अध्ययन गराउन सुरु गरिने जानकारी दिए ।
उनले एकेडेमीमा जो कोहिँलाई भर्ना नदिने बताउँदै
जसले चलचित्रक्षेत्रमा केहि गर्ने सोच बोकेका छन्
उनीहरुलाई मात्र भर्ना गराएर अध्ययन गराउने बताए
। यस एभरेष्ट फिल्म एकेडेमीको अध्यक्षको रुपमा
भने चर्चित कलाकार सुनिल थापा रहेका छन् ।
नेपालमा खुल्यो अर्को फिल्मी कलेज दिन सक्ला त ओस्कार कलेज लाइ टक्कर ?
August 27, 20161 minute read
0