NTC का डेटा प्रयोगकर्ता करोड नाघे डेटामा लुटतन्त्र चाही कहिले रोकिएला ?

Worldlinknepal
1 minute read
जेठ ११ – नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड भन्दा बढी पुगेका छन् ।



कम्पनीले भर्खरै प्रकाशित गरेको एमआईएस रिपोर्ट ९ अनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार पुगेको जनाएको छ । टेलिकमका अनुसार जीएसएम डाटा सेवामा ९७ लाख ९५ हजार १ सय, सीडीएमए डाटा सेवामा १ लाख ३६ हजार ५ सय, वाइम्याक्स सेवाका १७ हजार र एडीएसएलका १ लाख ९९ हजार ७ सय प्रयोगकर्ता रहेका छन् ।
टेलिकमले २०७४ चैतसम्मको नतिजा सार्वजनिक गरेको हो । असार मसान्त सम्ममा कम्पनीको डाटा सेवाका ग्राहक ८४ लाख २५ हजार ८ सय ९४ रहेकोमा २०७४ चैत अन्त्यसम्ममा यो संख्या १ करोड १ लाख ५४ हजार पुगेको टेलिकमले जनाएको छ ।


टेलिकमका अनुसार २०७४ चैत मसान्तसम्म नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता ५ लाख ५९ हजार १ सय ७२ रहेका छन् ।  टेलिकमले ब्याप्त नाफा कमाउदै अाफ्नो प्रयोगकर्ता बृदि गरिरहदा डेटा सिस्टममा भने समस्या नै समस्या रहेका छन । फोरजि सेवा भनि ल्याईएका नेट एनसेलका दाजोमा गुणस्हिन रहेको प्रयोग कर्ताहरूको गुनासो छ । त्यस्तै डेटा प्याक चलाउदा प्याक लिएपछि डाटा भोलुम को कुनै जानकारि नै नदिएर लुट मच्चाएको छ ।  कुनै प्याक लिएपछि प्याक त सकिन्छ नै प्याक सकिएपछि ब्यालेन्स बाट पैसा स्वत काटेर जनताको पैसा टेलिकमले लुटिरहेको छ ।