२०७५ जेठ १० । भारतिय प्रिमियर लिग (आईपीएल)को एलिमिनेटर राउन्डमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई २५ रनले हराएको छ । यो जितसँगै कोलकाता क्वालिफायर-२ अर्थथात सेमीफाईनलमा पुग्न सफल भएको छ । अब कोलकाताले शुक्रबार सनराइजर्स हैदरावादसँग फाइनलमा पुग्नका लागि प्रतिस्पर्धा गर्ने छ ।
१७० रनको विजय लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४४ रनमात्र बनाउन सक्यो । सन्जु स्यामसनले सर्वाधिक ५० रन बनाए ।
राजस्थानका कप्तान अजिंक्य रहाणे र राहुल त्रिपाठीले सुन्दर शुरुआत गरेका थिए । दुवैले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरे । त्रिपाठी पियुष चावलाको बलमा २० रनमा आउट भएपछि सन्जु स्यामसन क्रिजमा आए र रहाणेसँग ६२ रनको साझेदारी गरे ।
रहाणे ४६ रनमा कुलदीप यादवको बलमा आउट भए । स्टुअर्ट बिन्नीले एक रन पनि बनाउन नसकेर पेभेलियन फर्किए ।
चौथो ओभरमा जोफ्रा आर्चरले नितिश राणालाई ३ रनमा आउट गरे । चौथो विकेटको रुपमा क्रिस लिन आउट भए । उनी १८ रनमा श्रेयस गोपालको बलमा आउट भए । शुभमन गिलले २८ रन बनाउन सके ।