नेपालको अछाम खप्तडमा हनिमुन मनाउन जाने बिबाहित दम्पतिले ३ हजार पाउने

Worldlinknepal
1 minute read
जेठ १३ , अछाम ,
पर्यटकीय क्षेत्र खप्तडमा नवविवाहित जोडिले हनिमुन मनाउन गएमा साँफेबगर नगरपालिकाले तीन हजार पुरस्कार प्रदान गर्ने भएको छ । खप्तडमा आन्तरिक पर्यटन प्रर्वद्धनका लागि उक्त नगरकार्यपालिकाको बैठकले खप्तड घुम्न जाने नवविवाहत जोडीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । तर, यो पुरस्कार अछामका नागरिकलाई मात्रै प्रदान गरिने मेयर कुलबहादुर कुँवरले जानकारी दिए


‘वैशाख १ पछि विवाह गरेका प्रत्येक जोडिलाई तीन हजार दिने निर्णय गरेका छौं,’ मेयर कुँवरले भने । नवविवाहित जोडीले विवाह दर्ताको प्रतिलिपिसहित उक्त नगरपालिकामा निवदेन दिनुपर्ने छ । अन्य जिल्लामा बासिन्दा भइ हाल अछाममा सरकारी वा गैरसरकारी क्षेत्रमा काम गरिरहेका वैशाख यता विवाह गरेको भनी सम्बन्धित कार्यालय वा संस्थाको सिफारिस पत्रसमेत पेश गर्नुपर्ने छ ।

 तीन जनाको नवविवाहित जोडी तयार भएमा मात्र गाइडले खप्तडमा घुमाउन लैजाने मेयर कुँवरले जानकारी दिए । एउटा बाटोबाट लिएर अर्को बाटोबाट नव जोडिहरुलाइ फर्काउने गरी योजना रहेको बताइएको छ । नगरपालिकाले खप्तड जाने पर्यटकको सुविधाका लागि २० जना पथप्रर्दशक तयार पारेर परिचालन गर्ने तयारी गरेको मेयर कुँवरले बताए ।


 नगर क्षेत्रमा रहेका अन्य पर्यटनस्थलमा कार्यपालिकाको बैठक गर्ने र त्यसको योजना बनाउने तयारी पनि गरिएको छ । साँफेबगरबाट जिपमा देविस्थान पुगेर त्यहाँबाट केही घण्टा हिँडेर खप्तड पुग्न सकिन्छ । अछामको खप्तडमा होमस्टेको समेत व्यवस्था छ । अनलाईन खबरबाट साभार  । 
Tags