मगर चलचित्र लर्फु पाल्पा तानसेन भब्य प्रदर्शन

Worldlinknepal
2 minute read

   २०७४ चैत ३ म्याक्सन टिभी नेपाल,   म्याक्सन फोर दि  स्टुडियो को तेस्रो प्रस्तुतिमा रहेको मगर चल्चित्र लर्फु पछ्यौरी  पाल्पाको तानसेनमा  धमाकेदार प्रदर्शन भएको छ  नेपाल   मगर महिला पाल्पाको आयोजना तथा सह आयोजक   नेपाल मगर  बिद्यार्थी नगर कमिटी पाल्पा ले    सयुक्त रुपमा  आयोजना गरेको हो चलचित्र पाल्पा नगरपालिका हल तानसेन मा २ सो बिशेस  प्रदर्शन गरिएको हो  जसमा उल्लखे मगर चलचित्र प्रेमी दर्शकको उपस्थिति रहेको थियो ।
  गत फागुन २६ मा पर्दशन मिति तोकिएको भए पनि बन्दको प्रभावले आज ३ गतेका लागि आयोजकले पर्दशन मिति तय गरेको थियो ।  स्मरण रहोस यस मगर चलचित्र लार्फु ले नेपाल सरकार बात  नेपाल भरि बिनारोकटोक प्रदर्शन को लागि  पीजी अर्थात् प्रमाण पत्र गत मंगसिरमै प्राप्त गरिसकेको छ । प्रदर्शन भैसकेको ठाउबात अताधिक राम्रो रेस्पोन्स पाइरहेको छ ।
 दशैमा नवाल्पराशी   भी आई पी शो मार्फत शोअारम्भ गरेको यश चलचित्र कासोतीमा नियमित हल प्रदर्शन समेत भैसकेको छ ।  ङ्उ कर्म , लान्घौ रोह र छिनिंग पिहीन मा लगानी गर्नु भएको निर्माता चेतन रजाली मगरले चलचित्र लरफु (पछ्यौरी)लाइ पहिलो पटक निर्देशन गर्नु भएको हो ,  चलचित्र लर्फु अमर घर्ती मगर ले निर्माण गर्नु भएको हो चल्चित्रमा , केशर आले मगर कमल शुर्यबंशी मगर, चेतन रजाली मगर कार्यकारी निर्माता हुनुन्छ  लेखन /गीत /संगीत समेत चेतन रजाली मगरकै रहेको यस चलचित्रमा कथा अमर घर्ती मगरको रहेको छ । लर्फुलाई नवलपरासीको कावासोटी, झाटे, धोबादी, शंखदेउ, पृथ्वीनगर, पोखरा लगाएत बिभिन्न मनोरम स्थलहरुमा छायान्कन गरिएको छ ।

चलचित्रलमा ,नारायण सारु मगर, रुपा थापा मगर, भिमलाल गाहा मगर प्रतिक्षा राना मगर, बबिन गाहा मगर, कृष्ण राना मगर, कोट ब. बाचे मगर, प्रेम कुमारी आले मगर,, लगायतका कलाकारहरुको प्रमुख अभिनय छ । सन्तोष पिठाकोटे मगरको छायान्कन रहेको यस चलचित्रलाइ छवि राना मगरले सम्पादन गर्नु भएको हो । छवि राना मगरले यस अघि रजाली फिल्म्सको मगर चलचित्र ङ्उ कर्म सम्पादन तथा लान्घौ रोह  र छिनिंग पिहीन को सम्पादक  एबम निर्देशक समेत हुनुन्छ  । हाल रजाली फिल्मका ३ वटै गई मगर चलचित्र  YOUTUBE मा उपलब्ध छ जसलाई Youtube मा Maxon TV Nepal मा निशुल्क हेर्न सकिन्छ   । चलचित्र को सम्पूर्ण सम्पादन कार्य अर्थात् पोस्ट प्रोडक्सन म्याक्सन फोर डी स्टुडियो पोखरामा भएको हो । अब चलचित्र देश तथा बिदेशका विभिन्न शहरमा प्रदर्शनको तयारिमा रहेको निर्माता अमर घर्ती मगरले जानकारी गराउनुभयो ।  लर्फुको   भिडियो हेर्न तल जानु होला ,
   Watch Trailer (Promo) लार्फु :