ओप्पो एफसी बार्सिलोना’ लिमिटेड एडिसन सार्वजनिक (oppo Fc BarceLona)

Worldlinknepal
1 minute read
भाद्र १३, २०७४- 
अन्तर्राष्ट्रिय क्यामेरा फोन ब्रान्ड ओप्पोले आफ्नो एफथ्री मोडल अन्तर्गत ‘एफसी बार्सिलोना’ लिमिटेड एडिसन सार्वजनिक गरेको छ । मिड रेन्ज बजारलाई लक्षित अत्याधुनिक प्रविधि, नवप्रवर्तनात्मक फिचर्सका साथै आकर्षक स्पोर्टी लुक्स तथा डिजाइनले सुसज्जित यो लिमिटेड एडिसनको मूल्य ३४ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।

डुअल (दुईवटा) फ्रन्ट क्यामेरासहितको यो फोनमा सेल्फीका लागि १६ मेगापिक्सेल उपलब्ध हुन्छ भने सामूहिक सेल्फीका लागि वाइड एंगल लेन्सको व्यवस्था गरिएको छ । सुस्पष्ट, चहकिलो रातो मेटल बडीसहितको यो फोनमा रातो र सुनौलो रंगको संयुक्त प्रयोगले एफसी बार्सिलोनाको बिम्ब दिनुका साथै जीवन्त युवा फेसनलाई समेत प्रतिनिधित्व गर्छ । 
यो फोनमा एफथ्रीमा १/३ इन्च सेन्सर तथा पीडीएएफ प्रविधिसहितको १३ मेगा पिक्सेल क्षमताको रियर क्यामेरा छ । कलर ओएस ३.० मा आधारित एफथ्रीमा ओक्टा–कोर प्रोसेसर र झञ्झटरहित तीव्र कार्य प्रदर्शनीका लागि ४ जीबी र्‍याम तथा ६४ जीबी रोम उपलब्ध छ ।
फोनमा एकैपटक दुईवटा नानो सिम र माइक्रोएसडी कार्ड प्रयोग गर्न सकिने ट्रिपल स्लोट कार्ड ट्रे पनि छ । प्रयोगकर्ताले फोनको प्रयोग लामो समयसम्म निरन्तर गर्न सकून् भन्ने सोचका साथ यसमा ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । प्रत्यक्ष प्रयोगमार्फत गरिएको परीक्षणमा ब्याट्रीले लगातार १५ घण्टासम्म काम दिएको कम्पनीको दाबी छ ।