जापानको आकाशमा उत्तर कोरियाले मिसाइल हान्यो

Worldlinknepal
1 minute read

 गरेको मिसाइल जापान माथिबाट उड्यो

भदौ १३ – उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापनको उत्तरी क्षेत्रमाथिबाट गएर समुद्रमा खसेको छ ।स्थानीय समय अनुसार मंगलबार बिहान उत्तर कोरियाले जापानको जमिनमाथिबाट जाने गरी मिसाइल प्रहार गरेको हो । 
सुरक्षात्मक चुनौतीका कारण जापानले मिसाइल ध्वस्त पार्नका लागि केही प्रयास नगरेको बिबिसीले जनाएको छ ।मिसाइल समुद्रमा खस्नुअघि तीन टुक्रा भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । उत्तर कोरियाले पछिल्लो ८ वर्षमा धेरै प्रकारका धेरै मिसाइल परीक्षण गरेको छ । तर जापनको माथिबाट जाने गरी मिसाइल परीक्षण गरेको यो पहिलो पटक हो । गएको शुक्रबार र शनिबार उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट तीनवटा छोटो दूरीका मिसाइल परीक्षण गरेको थियो ।
पछिल्लो मिसाइल जापनमाथिबाट गएपछि तनाव बढ्ने शंकेत देखिएको छ । तर जापानको सार्वजनिक प्रशारण संस्था एनएचकेले भने अहिलेसम्म क्षति भएको केही जानकारी नआएको बताएको छ । उत्तर कोरियालाई जापानले आवश्यक जवाफ दिने जापानको मन्त्रिपरिषदका सचिवले बताएका छन् ।