भदौ ३१ – निकै चर्चा र दर्शक
बटुलिरहेको चलचित्र छक्कापञ्जाले कलाकार तथा
प्राविधिकलाई बोनस बाँड्ने भएको छ ।
चलचित्रको प्रदर्शनी सकिएपछि नाफाका
आधारमा प्राविधिक र कलाकारलाई बोनस बाँड्ने
तयारी गरेको निर्देशक दिपाश्री निरौलाले
जान्कारी गराउनु भयो ।
छक्कापञ्जाकै निर्माण समूहले बनाएका चलचित्र
छ एकान छ र वडा नम्बर ६ चलचित्रका
प्राविधिकलाई पनि बोनस वितरण गरेको थियो ।
पहिलेका २ चलचित्रमा प्राविधिकलाई मात्र बोनस
बाँडिएकोमा यसपटक कलाकारलाई पनि बोनस
वितरण गर्ने तयारी गरिएको निर्देशक निरौलाले
जानकारी दिनुभयो ।
सबै प्राविधिक तथा कलाकारको मेहनतमा
चलचित्र राम्रो बन्ने भएकाले सवैलाई राम्रो
कामको प्रोत्साहन स्वरुप बोनस वितरण गर्ने
घोषणा गरिएको हो ।
छक्कापञ्जाले प्राबिधिक तथा कलाकार लाई लाभान्श बितरण गर्ने
September 16, 20160 minute read
0