भदौ १३ – नेपाल मजदुर किसान पार्टीका
अध्यक्ष नारायणमान बिजुक्छेंले प्रचण्डको
नेतृत्वको सरकारले बिशेष दुतका रुपमा बिमलेन्द्र
निधीलाई भारत पठाउनु गलत भएको टिप्पणी गर्दै
भारतले चाहेका व्यक्तिलाई मन्त्री बनाइएको
आरोप लगाउनुभएको छ ।
अध्यक्ष बिजुक्छेंले स्थानीय निकायको निर्वाचन
तत्काल गर्नुपर्ने समेत बताउनुभयो । रफत
सञ्चार क्लबले सोमबार आयोजना गरेको
साक्षात्कार कार्यक्रम राज्यको पुनर्संरचनालाई
कुरेर बस्दा निर्वाचन पछाडि धकेलिने आशंका
व्यक्त गर्दै निर्वाचन गर्न ढिलाई गर्न नहुने
बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको जिल्ला र स्थानीय
निकायको संरचनाकै आधारमा भएपनि स्थानीय
निकायको निर्वाचन गर्नुपर्छ, विभिन्न बाहनामा
निर्वाचनलाई अब पछाडि धकेल्नु हुन्न ।’
उहाँले सभामुख ओनसरी घर्तीको भूमिकाप्रति
प्रश्न खडा भएको चर्चा गर्दै आफ्नो पदीय
दायित्व भन्दा पनि सभामुख राजनीतिक दलको
कार्यकर्ताको भूमिकामा बढी देखा परेकोले
सभामुखको कार्यसम्पादनले प्रभावकारी नभएको
जिकिर गर्नुभयो ।
बिजुक्छेंले सार्क राष्ट्रभित्रका लागि भनेर गर्न
लागिएको संयुक्त विद्युत सम्झौताको साँचो
भारतसँग रहने भएकाले यसले नेपालको हित नगर्ने
टिप्पणी गर्नुभयो ।
बिजुक्छेंले भन्नुभयो, ‘अघिल्लो सरकारका उर्जा
मन्त्री टोपबहादुर रायमाझी हुँदा प्रस्ताव गर्नु र
हाल माओवादीकै नेतृत्वको सरकारमा संसदमा
बिधेयक प्रस्तुत गर्नुले पनि नेपालको हरेक
निर्णयको चाबी भारतसँग भएको पुष्टी गर्छ ।’
भारतको हेपाहा प्रबृत्तिकै कारण भारतीय राजदूत
रन्जीत रेले नेपालमा मनपरि काम गरिरहेको बताउँदै
उहाँले भारतीय राजदूतको क्रियाकलाप कुटनीतिक
मर्यादा विपरित भएकाले रेलाई फिर्ता पठाउनु
पर्नेमा जोड दिनुभयो ।
‘भारतले चाहेका व्यक्ति मन्त्री : बिजुक्छे : रे लाइ धपाउनु पर्नेमा जोड
August 30, 20161 minute read
0