नेपाली बजारमा विभिन्न चार कम्पनीका ४ मोडलका
मोटरसाइकल÷स्कुटर भित्रिएका छन्। भृकुटीमण्डपमा
आजबाट सुरु भएको नाडा अटो शोको अवसर पारेर यी
नयाँ दुई पांग्रे सार्वजनिक गरिएका हुन््। अटो शो
उद्घाटन गर्न आएका अर्थमन्त्री कृष्ण बहादुर
महराले उक्त दुईपांग्रेका पदार्पण गरेका हुन्।
नयाँ मोटरसाइकल तथा स्कुटर ल्याउने कम्पनीमा
यामाहा, टिभीएस, यूएम र महिन्द्रा छन्।
यामाहाले आफ्नो लोकप्रिय स्कुटर रे जेडआर,
टिभीएसले अपाचे आरटीआर २०० ४भी, यूएमले रेनिगेड
स्पोर्टस् तथा कमान्डो र महिन्द्राले बहुप्रतिक्षित
मोटरसाइकल मोजो ल्याएका छन्।
महिन्द्रा मोजोः
नेपालका लागि महिन्द्राको आधिकारिक विक्रेता अग्नी
मोटोनिक प्रालिले पावरफुल मोटरसाइकल मोजो
बजारमा भित्र्याएको छ। भारतको पुनेबाट दक्ष
राइडरले १२ सय किलोमिटरको दुरी पार गरी नेपाल
आएर यो मोटरसाइकल सार्वजनिक गरेका हुन्। ६–
स्पीड ट्रान्समिसन भएको यो मोटरसाइकलको फोर्क
उल्टो तरिकाले राखिएको छ जसले गर्दा यो
मोटरसाइकलको लुक्स अन्यभन्दा फरक रहेको
कम्पनीका मार्केटिङ म्यानेजर सिजन न्यौपानेले
जानकारी दिए। यसको ग्राउण्ड क्लियरेन्स १७३.५
मिमि छ र २१ लिटर इन्धन ट्याङ्की छ। यसको
मूल्य ५ लाख ८० हजार रुपैयाँ राखिएको छ।
यामाहा रे जेडआरः
नेपालका लागि यामाहाको आधिकारिक विक्रेता
एमएडब्लु इन्टरप्राइजेजले ‘रे जेडआर’ स्कुटर
ल्याएको छ। यो ट्रेन्डप्रति सचेत युवा लागि
लक्षित गरिएको स्पोर्टी स्कुटर भएको कम्पनीको
भनाइ छ। एअर कुल्ड ४–स्ट्रोक, एसओएचसी,
सीभीटीजडित १३३ सीसी ‘ब्लु कोर’ इन्जिन भएको यो
स्कुटरको आकर्षक डिजाइन, चालकमैत्री सुविधा र
उच्च माइलेजले बजारमा राम्रो हिस्सा लिने विश्वास
रहेको कम्पनीका असिस्टेन्ट जेनरल म्यानेजर दीपक
रौनियारले बताए।
रे जेडआरले यामाहा ब्रान्डका दुईपांग्रेको विक्री
बढाउने अपेक्षा रहेको पनि उनले बताए। ‘स्पोर्टी र
हेभी’ स्कुटरमा बलियो फ्रन्ट मास्क, धेरै ‘लेग
स्पेस’, ठूलो ‘अन्डरसिट स्टोरेज’ (२१ लिटर) र
बाक्लो कुशन छन्।५.२ लिटर इन्धन ट्यांकी भएको
यो स्कुटरले ६६ किलोमिटर प्रतिलिटर माइलेज दिने
कम्पनीले जनाएको छ।
यो स्कुटर डिस्कमा ‘म्याट ग्रिन’ र ‘फिज् ह्वाइट’ र
ड्रम ब्रेक मोडेलमा ‘माभेरिक ब्लु’ र ‘रुस्टर रेड’
रङमा उपलब्ध छ। ड्रम ब्रेक मोडलको मूल्य १ लाख
८३ हजार ९ सय रुपैयाँ छ भने डिस्कको १ लाख ९१
हजार ९ सय रुपैयाँ तोकिएको छ।
यूएमः
अमेरिकी कम्पनी यूएमको नेपालको लागि आधिकारिक
विक्रेता आइएमइ अटोमोटिभ्सले नाडा अटो शोमा दुई
नयाँ मोडल भित्र्याएको छ।
यूएमका २८० सिसीका रेनिगेड स्पोर्ट्स र कमान्डो
गरी दुई नयाँ मोडल सार्वजनिक गरिएको कम्पनीका
ब्राण्ड लजिस्टिक म्यानेजर सुवास गौतमले जानकारी
दिए। रेनिगेड स्पोर्ट्समा सिंगल सिलिन्डर लिक्विड
कुल्ड इन्जिन र ६ स्पिड ट्रान्समिसन छ। अघिल्लो
चक्कामा टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन र पछिल्लोमा
ड्युअल सक एब्जर्बर छ । दुवैको फिचर सामान्यतः
मिल्दाजुल्दा छन् भने १८ लिटरको इन्धन ट्यांकी छन्।
यी दुवैको मूल्य हाल सार्वजनिक नगरिएको तर ५
लाख रुपैयाँको हाराहारीमा हुने गौतमले बताए।
टिभीएस अपाचे आरटीआर २०० भीः
नेपालका लागि टिभीएसको आधिकारिक विक्रेता
जगदम्बा मोटर्सले पावरफुल सेगमेन्टको मोटरसाइकल
अपाचे आरटीआर २०० भी भित्र्याएको छ। एसआई
४स्ट्रोक, ओयल कूल्ड, सिंगल सिलीण्डर इन्जिन
भएको यसमा १२ लिटरको इन्धन टंयाकी छ।
पर्ने यो मोटरसाइकल पावरफुल बाइक सेगमेन्टमा गेम
चेन्जर हुने कम्पनीका उपाध्यक्ष दिपक अग्रवालले
जानकारी दिए। यसमा भएका फिचरका कारण यो अरु
भन्दा अलग भएका उनको भनाइ छ। यो धेरै स्टाइलिस
र रेसिङ सिस्टममा बनाइएको भएर नेपाली युवामाझ
राम्रो बजार लिने विश्वास रहेको अग्रवालले बताए।
२ लाख ८३ हजार ९ सय रुपैयाँमा बुकिङ सुरु गरिएको
अपाचे आरटीआर २०० भीको प्रतिस्पर्धा १५० देखि
२५० सिसिसम्मकै सँग हुने उनले बताए।
अहिले १० प्रतिशत बजार हिस्सा ओगटेकोमा नयाँ
मोटरसाइकल मार्फत् १५ प्रतिशत पुर्याउने लक्ष्य
रहेको अग्रवालले जानकारी दिए।
४ नया मोडेल को बाइक र स्कुटी नेपाल्मा हेरौ येस्तो छ मोडल तथा बिसेस्ता
August 30, 20162 minute read
0