2075-2-11
आमा बिहिनहरुको आमा जुनु पुन मगर द्वारा संचालित "एकीकृत सृजनशिल समाज नेपाल" मा रहेको ४० जना बालबालिकाहरुलाई मगर लाफा ग्रुप र नेपाल मगर संघ मलेसियाले करिब ३ महिना अगाडि बाट संयुक्त रुपमा संचालन गरेको सहयोग अभियानबाट संकलन भएको केही रकम र शैक्षिक सामाग्री प्रदान गरेको छ । भुकम्प र द्वन्दकालमा आफ्नो अभिभावक गुमाएर बेसहारा बनेका ति अनाथ बालबालिकाहरुको उज्ज्वल भविष्यको कामना गर्दै ३ महिना अगाडि मगर लाफा ग्रुप र नेपाल मगर संघ मलेसियाले विभिन्न संघसंस्था र व्यक्तिहरुलाई चिट्ठी पठाएर सहयोग गर्न अपिल गरेको थियो ।
सोही अभियानलाई सफल पार्न मगर लाफा ग्रुपका संस्थाप
क अध्यक्ष विनोद श्रीस मगरको संयोजकत्वमा मगर लाफा ग्रुप परिवारको तर्फबाट रु. ६०,०४४|- नेपाल मगर संघ मलेसियाका अध्यक्ष पुस्मिता ठाडा मगरको संयोजकत्वमा नेपाल मगर संघ मलेसिया केन्द्रीय समितीको तर्फबाट रु. ६८,६३२|- र नेपाल मगर संघ मलेसिया क्षेत्रीय कमिटी पेनाङका अध्यक्ष युवराज ठाडा मगरको संयोजकत्वमा सम्पुर्ण कमिटीको तर्फबाट रु. १३,१००|- प्राप्त भएको छ । तेस्तैगरी मगर लाफा ग्रुपको मातहतमा रहेर मगर संघ हङकङका महासचिव निलम थापा मगर बाट रु. १०,०००|- र मलेसियामा कार्यरत समर मगर बाट रु. ५,१९६|- प्राप्त भएको छ ।
मगर लाफा ग्रुप, नेपाल मगर संघ केन्द्रीय समिति मलेसिया, नेपाल मगर संघ मलेसिया क्षेत्रीय कमिटी पेनाङ र अन्य व्यक्तिहरुले दिएको जम्मा रकम रु. १,५६,९७२|- (एक लाख छपन्न हजार नौ सय बहत्तर) र मगर लाफा ग्रुपले आफ्नै लोगो सहित नाम राखेर प्रिन्ट गरेको ३०० थान कपी मिति २०७५ जेष्ठ ५ गते एक कार्यक्रम आयोजना गरि एकीकृत सृजनशिल समाज नेपालका आमा जुनु पुनलाई मगर लाफा ग्रुपका सदस्य तथा पत्रकार पदम थापा मगरले प्रदान गरेको हो । क्यानसरले सधाको लागी निदाएका आफ्ना बाबालाई स्कुलको ब्याक देखाउने ऋतुको सपनाले भावबिहिन बनायो : भिडियो हेर्नुहोस