पर्यटकीय नगरि पोखराको फूलबारीमा रहेको मणिपाल शिक्षण अस्पतालमा उपचार सेवा ठप्प भएको छ ।
अस्पताल प्रशासनले ४ जना कर्मचारीलाई भ्रष्टाचार र कार्टेलिङ्ग गरेको आरोपमा निष्काशन गरेपछि सुरु भएको कर्मचारीको मिलोमत्तोमा भएको आन्दोलनका कारण उपचार सेवा ठप्प भएको हो र हजारौ जनताले सास्ति खेप्नुपरेको छ ।
अस्पतालको फार्मेसीमा कार्यरत रमेश बोहोरा, नीलकण्ठ भट्टराई, टेकबहादुर विक र लेखामा कार्यरत अल्पना ठाकुरलाई अस्पताल प्रशासनले निष्काशन गरेको थियो ।
अस्पतालका निर्देशक विजय सिंहले गुनासो आएपछि छानविन गर्दा चारैजना दोषी देखिएकोले सेवाबाट निष्काशन गरिएको बताउनु भयो। तर यसको विरोधमा अस्पतालमा कार्यरत कर्मचारीहरु एक भई आन्दोलन गर्दा अस्पतालमा गएको मंगलबारदेखि उपचार सेवा प्रवाह हुन सकेको छैन ।
अस्पतालका निर्देशक विजय सिंहले गुनासो आएपछि छानविन गर्दा चारैजना दोषी देखिएकोले सेवाबाट निष्काशन गरिएको बताउनु भयो। तर यसको विरोधमा अस्पतालमा कार्यरत कर्मचारीहरु एक भई आन्दोलन गर्दा अस्पतालमा गएको मंगलबारदेखि उपचार सेवा प्रवाह हुन सकेको छैन ।
इमरजेन्सी सेवा खुल्ला भए पनि कर्मचारी नहुँदा उपचार हुन सकेको छैन । अस्पतालबाट निकालिएका कर्मचारीहरुले आफूहरु साना कर्मचारी भएको र उपल्लो तहकाको आदेशमा मात्रै काम गरिएकोले आफूहरुले कुनै भ्रष्टाचार नगरेको तथा गर्न सक्ने अवस्था पनि नरहेको बताउँदै आएका छन् ।
मणिपालको सेवा सुचारु गर्ने बारेमा अझै कसैले चासो देखाएका छैनन् । अस्पताल प्रशासन पनि चुप लागेको छ । स्थानीय बासिन्दाले जिल्ला प्रशासन र प्रहरीलाई सेवा सुचारु गर्न पहल गरेका भए पनि वास्ता नगरेको मणिपाल शिक्षण अस्पताल रहेको वडा नम्बर ११ का वडाध्यक्ष मोहन बास्तोलाले बताउनुभयो ।
मणिपाल शिक्षण अस्पतालमा यस अघि पनि कर्मचारीको आन्दोलनको कारण ९ महिना उपचार सेवा अवरुद्ध भएको थियो । उपचारको अाशमा दिनहु अस्पताल धाउने बिरामीले सासती खेप्नु परेको छ । हुनत मणिपालमा हडताल अान्दोलन हुनु नौलो कुरा होइन सानो सानो निहुमा प्राय मणिपाल बर्षै भरी महिना मन्दा बढी बन्द भैरहन्छन । यसी प्रसासानिक निकाय र कर्मचारी संगठनको तालमेल राम्रो नहुदा हामीले कस्तो खालको उपचारको अाश गर्ने । सम्बन्धित निकायको सिघ्र ध्यान जाअोस