ओली / लालबाबुले लिए कडा नीति १० हजार कर्मचारीको भविष्य अब के होला ?

Worldlinknepal
1 minute read
   ६ चैत,२०७४,   गठबन्धनका प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीलाई स्वेच्छिक अवकाश नदिने नीति लिएपछि कानुन बमोजिम स्वेच्छिक अवकाशका लागि निवेदन दिएका करीव १० हजार कर्मचारीको भविष्य अब के होला ? यो प्रश्न सिंहदरबारभित्र अहिले ‘चर्चाको बिशए ’ बनेको छ । प्रधानमन्त्री र मन्त्रीले अझ एककदम अघि बढेर खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएपछि खैलाबैला मच्चिएको छ । संयोगनै मान्नुपर्छ सिंहदरबारमा तलदेखि माथिसम्मको चेन अफ कमाण्ड एमालेको हातमा पुगेको छ  ।
प्रधानमन्त्री एमालेका अध्यक्ष । सामान्य प्रशासन मन्त्री एमालेका पोलिटब्यूरो सदस्य । अनि कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुन्य ढकाल पनि एमाले निकट । दुई वर्षअघि पार्टीगत आधारमै कर्मचारीहरुको चुनाव हुँदा एमालेले करीव दुई तिहाई मत पाएको थियो । प्रधानमन्त्री र सामान्य प्रशासनमन्त्रीले कर्मचारीप्रति आक्रामक अभिव्यक्ति दिए लगत्तै प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सोमवार चितवन पुगेर कर्मचारीलाई सरकारले चलाएमा कांग्रेसले आन्दोलन गर्ने र  दुइ तिहाइको नाममा अधिनायेक बाद लड्न खोजिएकोले कान्ग्ग्रेस चुप लगेर नबस्ने बताएका थिए ।
   अनुभबी र सक्षेम् कर्मचारी पेन्सन निस्कन बिदामा बस्दा  उता प्रदेश र स्थानीय तहमा कर्मचारी नभएर जनताको काम प्रभावित भइरहेको छ  यस अर्थमा सरकार कडा रुपमा प्रस्तुत भएको देखिन्छ,  । सरकारको एस नीति प्रति सामाजिक संजालमा मिस्रित प्रतिक्रिया आइरहेको छ । कांग्रेस निकटले ओलीले अधिनायेक्बाद सुरु गरे भनिरहेका छन् भने अन्यले देस बिकास र निर्माण र जनताको काम  र समस्यो समाधान  को लागि  कसम खाएर रास्ट्र सेवामा लागेका हरुले  जन भावना अनुरुप काम गरेमा ५ बर्समा नेपाल ले मुहार फेर्ने भन्दै सरकारको यो कदम प्रति तारिफ पनि गरेका छ ।  सरकार   देउबा सरकारको पाला मा दिइएको अबकास  सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीलाई स्वेच्छिक अवकाश नदिने नीति लिएपछि कानुन बमोजिम स्वेच्छिक अवकाशका लागि निवेदन दिएका झन्डै  १० हजार कर्मचारीको भविष्य अब के होला त्यो भने केहि समय कुर्ने पर्ने हुन्छ  ।
Tags